राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा जोसेफ हाई स्कुलको उत्कृष्ट सफलता

0
392
joseph high school

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को नतिजामा जोसेफ हाई स्कुल/कलेजले ऐतिहासिक सफलता हासिल गरेको छ। २०० जना विद्यार्थीहरुले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा ल्याउँदै सबै विद्यार्थी उत्तीर्ण भएका छन्।

यस वर्षको नतिजा अनुसार, बसुदेव मैनालीले ३.९५ जीपीए ल्याएर उत्कृष्ट अंक हासिल गरेका छन्। उनलाई पछ्याउँदै संकल्प गुरुङ (३.९२), अमन मोक्तान (३.९२), सजिना पौडेल (३.९२), सजिना मिश्र (३.९२), र रचना खड्का (३.९२) ले पनि उच्च अंक ल्याएका छन्। ३.९० भन्दा माथि जीपीए प्राप्त गर्ने अन्य विद्यार्थीहरूमा दिक्ष्या अधिकारी (३.९१), विराज पाठक (३.९१), पाल्साङ तामाङ (३.९०), अमित बि.के. (३.९०), इन्सान कार्की (३.९०), र झरना ओली (३.९०) रहेका छन्।

विद्यालयले सार्वजनिक गरेको जानकारी अनुसार, ३.९० देखि ३.९६ जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या १२ जना रहेको छ। त्यसैगरी, ३.६१ देखि ३.८९ जीपीए ल्याउने १३ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ८२ जना र ३.०५ देखि ३.१९ जीपीए ल्याउने २ जना विद्यार्थी रहेका छन्।

विद्यालयले सफल विद्यार्थी, अभिभावक, रातदिन खट्ने शिक्षक-शिक्षिका, कर्मचारी तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ। “Be Good, Do Good” को नारालाई आत्मसाथ गर्दै जोसेफ हाई स्कुल/कलेजले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम गरिरहेको छ।

विद्यालयका प्रधानाध्यापकले यो सफलताले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई प्रमाणित गरेको बताए। महनगर, शान्तिनगरमा रहेको जोसेफ हाई स्कुल/कलेजले आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


Baikuntha Adhikari 2025 08 05 14.35.28
Baikuntha Adhikari 2025 08 05 14.35.32
Baikuntha Adhikari 2025 08 05 14.35.23

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here